सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार

९ महिना बितेको पत्तो नै पाइनँ, ९० प्रतिशत सफल भएँ : प्रेम आले

काठमाडौँ । पदबाट राजीनामा दिएका पर्यटनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । मन्त्री पदमा बस्दा ९ महिना बितेको पत्तो नै नपाएको उनको भनाइ छ ।

राजीनामाबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू प्रक्रियामा भन्दा एक्सनमा विश्वास गर्दै हुर्केको बताए ।

आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरूले एक्सन मन्त्रीको उपमा दिएको भन्दै आलोले खुसी व्यक्त गजरे ।

उनले थपे, ‘असोज २२ गते यसै हलमा आयोजित स्वागत समारोहमा भनेको थिएँ– मेरो अघिपछि लागेर मलाई खुसी पार्न नखोज्नु । नभन्दै त्यस्तै अनुभव भयो । जो कागजमा मात्रै काम गर्थे, तिनीहरू सधैँ प्रेम आलेको निगरानीमा परे । मैले पीँधमा भन्दा टाकुरामा निगरानी गरेँ ।

आलेले मन्त्रीबाट हटिसकेपछि त्रिभुवन विमानस्थलमा श्रम बजारमा जाने आम नेपालीका लागि स्थापना गरेको भिभिआइपी कक्ष र दोस्रो विमानस्थल परियोजना सधैँ सम्झिने बताए ।

Related posts

फर्जी कागज बनाई भिजिट भिसामा विदेश पठाउने तीन अधिकृतसहित ३२ जना पक्राउ

samman khabar

बालकोटमा ११ वर्षीया बालिका बलात्कृत

samman khabar

अपांगता भएकी युवती बलात्कार

Balika Shiwakoti

Leave a Comment