सम्मान खबर
समाचार

६० किलो सुन प्रकरण : २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुक्मिना सुब्बालाई ५ लाख धरौटीमा रिहा गर्न र बाँकी २५ जनालाई थुनामा पठाउने आदेश दिएको हो । सुन तस्करीमा संलग्न रहेको अरोमा प्रहरीले २९ जनामाथि मुद्दा चलाएको थियो ।

जसमध्ये ३ जना फरार छन् । पक्राउ परेर थुनामा पठाइएका २५ जनामध्ये ७ जना चिनियाँ नागरिक छन् । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो।

हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट उक्त सामान ल्याइएको थियो । सुन रहेको सुराककिो आधारमा खटिएको विभागको टोलीले भन्सार जाँच पास भएर छुटेको ब्रेक शु बरामद गरेको थियो।

उक्त ब्रेक शुभित्र ६० किलो ७१६ ग्राम बरामद भएको हो । १९ दिन विभागले अनुसन्धान गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई जिम्मा दिएको थियो ।

सिआइबीको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले चोरी तस्करी, भन्सार ऐन, नागरिकता ऐन तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो।

Related posts

पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै

Balika Shiwakoti

नागरिक आवाजको आयोजनामा महिला हिंसा विरुद्ध ‘आत्मरक्षा’ तालिम सम्पन्न

samman khabar

नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने ओली

Balika Shiwakoti

Leave a Comment