सम्मान खबर
समाचार

१४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । पर्सा प्रहरीले १४ दिनमै पासपोर्ट मगाइदिने भन्दै ठगी गरेको आरोपमा वीरगञ्जबाट पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीले ठगीको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट बस्ने फ्रेस फोटो स्टुडियोको सञ्चालक सदाम हुसेन, स्टुडियोमा काम गर्ने वडा नम्बर १० का फैयाज आलम, वडा नम्बर २४ बस्ने गणेश मोबाइल पसल सञ्चालक संजित गुप्ता, वडा नम्बर ९ रानीघाट बस्ने चन्दन मोबाइल सेन्टरका सञ्चालक कुन्दन यादव, सोही स्थानका गढीमाई स्टुडियोका सञ्चालक प्रदीप साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रशासन कार्यालयको गेटमा रहेको फ्रेस फोटो स्टुडियोको सञ्चालक हुसेनले धोबिनी गाउँपालिका १ बस्ने सागिर आलमसँग राहदानी फारम भर्नको लागि सोको फारम चार्ज दुई सय र राहदानी १४ दिन भित्र मगाई दिन्छु भनि २५ सय लिएका थिए।

पक्राउ परेका पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

Related posts

दोलखामा प्रेसर कुकर बिष्फोट, चार वालवालिका घाईते

Balika Shiwakoti

नक्सा पास नगरी बनाइएको भवनहरुको ९० दिनभित्र नक्सा पास गर्न काठमाडौं महानगरको आग्रह

samman khabar

बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

samman khabar

Leave a Comment