सम्मान खबर
समाचार

हुलाकका १६ सय ३६ दरबन्दी खारेज

काठमाडौं । सरकारले हुलाकको एक हजार ६ सय ३६ दरबन्दी खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिष्दको बैठकले हुलाक विभागअन्तर्गतका धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको हो । सरकारले एउटा पालिकामा एउटामात्रै हुलाक कायम गर्ने गरि संरचना परिवर्तन गर्ने समेत निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

सरकारले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
प्रवक्ता रेखा शर्माका अनुसार सरकारले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण पहिलो संशोधन निर्देशिका, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

Related posts

गौतमश्री सहकारी संस्था बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार

Balika Shiwakoti

क्रिकेटर गुल्सन झालाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान

samman khabar

दोलखामा निर्वाचनमा एक हजार बढी सुरक्षाकर्मी खटिने, ४१ मतदानस्थलमा विशेष सुरक्षा योजना

samman khabar

Leave a Comment