सम्मान खबर
समाचार

हिरासतमा रहेकी महिलामाथी बलत्कार प्रहरी सहायक निरीक्षक पक्राउ

काठमाडौँ । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईं बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी एक महिलालाई मध्यराति आफ्नो कोठमामा लगेर बलात्कार गरेको आरोपमा मुद्दा शाखामा कार्यरत चौलागाईं पक्राउ परेका हुन् ।

साउन ११ गते बहुविवाह मुद्दामा पक्राउ परेकी महिलालाई शुक्रबार बिहान २ बजेतिर आफ्नो भवनको माथिल्लो तलमा लगेर बलात्कार गरेको आरोपमा चौलागाईंलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । अधिकारीले घटनाबारे अनुसन्धान गर्न उनलाई जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज ल्याएर थुनामा राखेको बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लका अनुसार प्रहरी असई चौलागाइले शुक्रबार बिहान २ बजेतिर प्रहरी हिरासतमा भएकी महिलालाई सोधपुछ गर्ने बहानामा आफू बस्ने माथिल्लो भवनमा पुर्‍याएका थिए । त्यसपछि हिरासतमा रहेका अन्य केटाहरुले मध्य रातमै होहल्ला गरेका थिए ।

Related posts

बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई दश-दश लाख रुपैयाँ राहत दिने सरकारको निर्णय

samman khabar

पाँच ठाउँबाट प्रत्यक्षमा सिफारिस आरजु अन्ततः समानुपातिक उम्मेदवार

samman khabar

कृषिमा क्रान्ति गर्ने रवि लामिछानेको घोषणा

samman khabar

Leave a Comment