सम्मान खबर
समाचार

हिमालयन हेंड्रिक्स गरे “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रर्दशन

काठमाडाैं । अन्तराष्ट्रिय ख्याति प्राप्त नेपाली ब्लुज कलाकार “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” ले नेपालकाे प्रतिनिधित्व गर्दै अमेरिकाको “Thiensville, Wisconsin मा “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेकाे छ ।

गत भाद्र २९ गतेदेखि भाद्र ३० गते सम्मसम्म चलेकाे कार्यक्रममा अशेष डंगोलले हेडलाइनर भएर सानदार रूपमा प्रस्तुत गरेका थिए । अशेषले योभन्दा पहिला पनि धेरै अन्तराष्ट्रिय संगीत महोत्वसवमा हेअद्लाइनर भएर आफ्नो प्रस्तुत गरिसकेका छन् । आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहाेरात्र रूपमा पाइला राख्दै आएका “अशेष डंगोल” उर्फ “हिमालयन हेंड्रिक्स” उपनाम सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएकाे थियाे । साे कार्यक्रममा नेपालकाे माैलिक तालमा आधारित अशेषले रचना गरेका इन्सर्च टुवार्डस् फ्रिडम, जात्रा भाइव, कस्मिक भाइव तथा आफ्नाे छाैठाें एल्बमका गीतहरू पनि प्रस्तुत गरेका थिए ।

“बेस्ट द् याम् ब्लुज फेस्टिबल” स्वर्गीय बी.बी. किंगको जन्मदिनकाे अवसरमा अल स्टार ज्याम प्रस्तुत गरि अन्त्यमा अशेषको गितारको धूनबाट सम्पन्न भएकाे थियाे । साे ब्लुज महाेउत्वसमा Mighty Miss Erica & The Sound Production, Leroy Airmaster feat: Junior Brantley, Lil’ Ed & The Blues Imperials, Westside Andy, Andrew Alli, Steve Vonderhaar w/Rev Raven & The Chain Smokin’ Altar Boys, Pierre Lee’s MKE All Star Band, The Wilson Family Band, Ashesh Dangol “The Himalayan Hendrix”, Mike Wheeler w/The Chicago Diamonds, DKieran Harrell, BB King’s Birthday Blast feat: Billy Flynn, Stephen Hull, Paul Stilin, Gervis Myles & more!, Set Breaks, The River side Revival, Cameron Webb & The Marke blues band ब्याण्ड सम्मिलित रहेका थिए ।

अल स्टार ज्याममा अमेरिकाका सुप्रशिद्ध ब्लुज कलाकारहरुको सहभागीता रहेको थियाे । अशेष डंगोललाई ब्यास गितारमा थॊम लामा अनि ड्रम्स बाजामा साजन महर्जनले साथ दिनु भएकाे थियाे भने म्यानेजरको भूमिका पिउश दाहालले गर्नु भएको थियाे ।

Related posts

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिकः राष्ट्रपति पौडेल

samman khabar

भारतमा प्रचण्डको भेट मोदी सँग भएन

Balika Shiwakoti

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा

samman khabar

Leave a Comment