सम्मान खबर
कभर स्टाेरी गृह पृष्ठ समाचार

हनी ट्र्याप: सम्पत्ति हात पार्न पटकपटक विवाह र सम्वन्धविच्छेद

मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।

यसरीनै जिवन चलाइरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ, सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी भावना नामबाट, सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन्

भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।

दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे ।

विवाह पश्चात पनि फुर्वाले भावनाको लागि धेरै खर्च गरेको पाइएको छ । विहे गरेर करिव एक बर्ष मात्र नेपाल बसेकी भावनाले फुर्वासँग करिब १ करोड १५ लाख नगद लिएकी थिइन् । फुर्वा सँग विहे गर्नुभन्दा अगाडी भावनाले ४ जना सँग विहे गरिसकेकी थिइन । विहे गर्दे सम्वन्ध विच्छेद गर्ने उनको व्यवसाय रहेछ ।

युवकसँग विहे गर्दे पैसा असुल्दै भावनो काठमाडौँमा घर जग्गा जोडेकी रहिछन् । विहे गर्ने समयमा आफुसँग भावनाले कती कुरा झुटो बोलेको पछि थाहा भएको फुर्वा बताउँछन् । युवकहरुलाई ट्र्यापमा पार्दे आइरहेकी भावना भने जापानमा बस्दै आइरहेकी छिन् । फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । विहेपछि आफु फसेको थाहा भएको फुर्वा बताउँछन् ।

यो रणनीति बुझेपछि फुर्वाले भावनालाई ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमा भक्तपुर प्रहरी परिसरमा उजुरी दिए । उजुरीपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर भावनालाई पक्राउ गरिएको छ । यतिबेला भक्तपुर प्रहरी परिसरले भावनामाथि अनुसन्धान जारी राखेको छ ।

Related posts

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षरोपण गर्ने

Balika Shiwakoti

६० करोडको आइपिओ ल्याउँदै राष्ट्रिय खाद्य बैंक,डेड लाख बढी किसान उत्पादनसँग जोडिए

samman khabar

चीनको वुहानमा फेरि लकडाउन

Balika Shiwakoti

Leave a Comment