सम्मान खबर
गृह पृष्ठ समाचार

सुन गोहोरो शिकार गरेर समाजिक सञ्जालमा तस्वीर पोस्ट

काठमाडौँ । झापाका एक युवकले संकटापन्न प्रजातिमा सूचीकृत सुन गोहोरो मारेर समाजिक सञ्जाल फेसबुकमा तस्वीर पोस्ट गरेका छन् ।

झापाका मनोज चिमरियाले रक्ताम्मे सुन गोहोरलाई समातेको एउटा र सुन गोहोरोको मात्र दुईवटा गरी ३ वटा तस्वीर पोस्ट गर्दै लेखेका छन्, ‘हल्का शिकार गरियो सुन गोहोरो ।’

सुन गोहोरो साईटीस महासन्धि १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची १ मा संरक्षित सूचीमा छ।

नेपालसहित बंगलादेश, भारत, पाकिस्तान र भुटानमा मात्रै पाइने सुन गोहोरोलाई इन्टरनेशनल युनियन फर कन्जरभेसन अफ नेचर आईयूसीएनले संकटापन्न प्रजातिको रातो सूचीमा राखेको छ ।

Related posts

पाँच ठाउँबाट प्रत्यक्षमा सिफारिस आरजु अन्ततः समानुपातिक उम्मेदवार

samman khabar

सिभिल सहकारी ठगी प्रकरण: सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर

samman khabar

२७ वर्षीया महिलाको १७ वर्षीय किशोरसँग प्रेम, आफन्तले थाहा पाएपछि बलात्कारको मुद्दा

samman khabar

Leave a Comment