सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

सुनसान बन्यो नेता प्रदीप गिरीको आश्रम

काठमाडौँ । नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रम यतिबेला सुनसान भएको छ । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरीले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए । उनको निधनसँगै आश्रम सुनसान भएको हो ।

बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरी आउने वित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे ।

वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । नेता गिरीको निधनसँगै आश्रम पनि एक्लो भएको छ । आश्रममा विसं २०५२ देखि काम गर्दै आएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ ।

आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उनीहरु शोकमा डुबेका छन् भने शुभेच्छुक तथा नेता कार्यकर्ता नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन संघीय राजधानी पुगेपछि आश्रममा सन्नाटा छाएको दीप परियारले बताए ।

‘आश्रमको अभिभावकले सदाका लागि छाडेर गएपछि अभिभावकविहीन भएको आश्रमको रेखदेख गर्दै आएकाहरु बताउँछन् ।

सिरहाको लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्खौली घर छाडेर नेता गिरीले गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । करिब छ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा नेता गिरीले थुप्रै दलित तथा सुकुम्बासीलाई जग्गा दिएर बसाएका छन् ।

आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब सर्वसाधारणका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन्  ।

इँटाको पर्खाल र जस्ताले छाएको आश्रम बनाएर बस्दै आएका नेता गिरी त्यहीँबाट राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका थिए । आश्रमभित्रै बैठक कक्षसमेत रहेको छ । अब आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलतासमेत बढेको छ ।

Related posts

व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप

samman khabar

चाडपर्वमा सडक मर्मत गर्दै सरकार

samman khabar

१४ महिनादेखि नतिजाको प्रतीक्षामा त्रिविका विद्यार्थी

samman khabar

Leave a Comment