सम्मान खबर
समाचार

सुधार गृहबाट एकसय ५० भन्दाबढी बालबालिका फरार

काठमाडौं । भक्तपुरको सुधार गृहमा तनाव भएको छ । सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका–३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो । सोही घटनालाई लिएर सोमबार दिउँसो भएको प्रदर्शनका क्रममा सुधार गृह तोडफोड गरेर एकसय ५० भन्दा बढी बालबालिका भागेका छन् ।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन् । विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृहमा तीत सय जना बालबालिका थिए । फरार भएका उनीहरुको खोजी भइरहेको प्रहरील जनाएको छ ।

Related posts

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छः प्रधानमन्त्री दाहाल

samman khabar

कुरिलोको निर्यात बढ्दो, अन्तर्राष्ट्रिय बजारसम्म पुग्यो

Balika Shiwakoti

दोलखाको लामाबगर क्षेत्रबाट चार किलो सुन बरामद

samman khabar

Leave a Comment