सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

सासु कुटेको आरोपमा दुई बुहारी पक्राउ

काठमाडौँ । अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।

पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

Related posts

काव्य म्युजिक सेन्टरद्धरा काव्य अवार्ड २०७९ सम्पन्न

samman khabar

‘प्रेमगीत ३’ को हिन्दी डबलाई सञ्चार मन्त्रालयले दियो नेपाली फिल्मको मान्यता

samman khabar

भूकम्पपछिको पुनः निर्माणका लागि भारत सरकारले १० अर्ब अनुदान सहयोग गर्ने

samman khabar

Leave a Comment