सम्मान खबर
कृषि समाचार सम्मान खबर विशेष

सामुदयीक बनमा व्यवसायी टिमुर खेती 

भीमेश्वर नगरपालिका वडा नं ९ स्थित टिमुरे तिन थली र दिमाल सामुदायिक बनमा व्यवसायी टिमुर खेती लगाइएको छ । भीमेश्वर नगरपालिका र वडाको संयुक्त आयोजनामा व्यवसायी रूपमा टिमुर लगाइएको हो । 

विगतका वर्षमा पनि सामुदायिक बनमा टिमुर लगाइएको तर बिरुवा फस्टाउन नसकेपछि यो वर्ष व्यवस्थित तरिकाले टिमुर लगाइएको हो । गएको वर्षमा बनमा धेरै झाडी भएका कारण टिमुरको बोट हुर्किन नसकेपछि यस वर्ष बनमा झाडी फडानी गरी टिमुर रोपिएको दिमाल सामुदायिक बनका अध्यक्ष कुलमान थामीले बताए । 

टिमुर तिन थली सामुदायिक बन र दिमाल सामुदायिक बनमा गरी १९ सय टिमुरको बिरुवा रोपिएको छ । त्यसै गरी वडाले गाउँका स्थानीय उपभोक्तालाई पनि १५ सय टिमुरको बिरुवा नि सुल्का वितरण गएको छ । सामुदायिक बनमा वृक्षारोपण पनि हुने र सँगै खेती पनि हुने भएकाले टिमुर लगाइएको अध्यक्ष थामीले बताए । गाउँकै स्थानीय उपभोक्ताको सहयोगमा रोपिएको उक्त टिमुर खेली लाई स्थानीएकै सहयोगमा समय समयमा गोडमेल गरी बिरुवा हुर्काउने तर्फ ध्यान दिने अध्यक्ष कुलमानले बताएका छन् । 

Related posts

स्व. निसिमलाई मानार्थ गोल्ड मेडल, गलामा नभई प्याराग्लाइडिङ खेलाडीलाई  हातमा पदक

samman khabar

टीकाथलीमा युवकमाथि छुरा प्रहार, एकजना पक्राउ

Balika Shiwakoti

सहुलियत पसलमा तेल र दालको मूल्य घटायो

samman khabar

Leave a Comment