सम्मान खबर
समाचार

सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले बाँके घटनाले सामाजिक एकता र सद्भावनामा खलल् पुर्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गरी सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपील गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘केही दिन यता बाँकेमा भएको द्वन्द्वले हाम्रो धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल् पुर्याउन सक्ने विषयप्रति नेपाली कांग्रेस गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक एवं समग्र सद्भावका लागि अपील गर्दछ।’

Related posts

पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र गीत एकै साथ सार्वजनिक

samman khabar

जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि दिने सरकारको निर्णय

samman khabar

 ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष पुरा,कार्यान्वयनमा अझै समस्या

samman khabar

Leave a Comment