सम्मान खबर
समाचार सम्मान खबर विशेष

क्यानसँग सहयोगको अपिल गर्दे सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् । क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।

‘सन्दीपले यो केसको सामना गर्न तयार भएको र कानुनी पाटोमा क्यानले सहयोग गरिदिन आग्रह गरेका छन् । सन्दीप लामिछाने अहिले क्यारेबियन लिगका लागि वेस्ट इन्डिजमा छन् ।

उनीविरुद्ध बलात्कार आरोपमा मुद्धा दर्ता भएको छ । उनीविरुद्ध १७ वर्षकी किशोरीले बलात्कारको मुद्दा दर्ता गरेकी छन् ।

Related posts

तीनधारे झरनाको विकासमा सरकारको सहयोग रहन्छ : प्रदेशमन्त्री लामा

samman khabar

गौतमश्री सहकारी संस्था बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार

Balika Shiwakoti

मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु

Balika Shiwakoti

Leave a Comment