सम्मान खबर
Breaking समाचार

सल्लाघारीमा गुडीरहेको बस र स्कुटरलाइ रुखले किच्दा ३ जनाको मृत्यु

काठमाडौँँ । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किच्दा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट भक्तपुरको दुघपाटी तर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बसमा सवार २ जना र बा ६१ प ३९७८ नम्बरको स्कुटरमा सवार १ जनाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका–२ ब्यासी घर भएका २३ वर्षीय विशेष खर्बुजा छन् । अरु दुई जनाको परिचय खुलेको छैन ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित ग्रिनल्याण्ड होटल गेट अगाडि गुडिरहेको बस र स्कुटरलाई सल्लाको रुख ढलेर च्यापेको थियो । दुर्घटनामा परेर घाइते भएका १२ जनाको उपचार भइरहेको छ ।

Related posts

हटाइयो वीर अस्पताल अगाडिका औषधि पसल

samman khabar

नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ

Balika Shiwakoti

बडादशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्ने राष्ट्रपतिको विश्वास

samman khabar

Leave a Comment