सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार सम्मान खबर विशेष

सर्लाही २ मा चुनाव प्रचार गाडीकाे ठक्करबाट एककाे मृत्यु, गठबन्धन उम्मेदवार यादवविरुद्ध प्रदर्शन

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद ‌र मलंगवा नगरपालिका- ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए ।

घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो । घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ । साफीको उपचार जारी छ ।

ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ । घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नेपाल समाजवादी पार्टीका सहअध्यक्षसमेत रहेका यादव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

Related posts

बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व.साङ्गे लामाको सालिक अनावरण

samman khabar

प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्धरा दोलखाका २१७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Balika Shiwakoti

अझै संविधानको अपब्याख्या गर्ने र सङ्कटमा पार्ने काम भइरहेको छः माधव नेपाल

samman khabar

Leave a Comment