सम्मान खबर
राजनीती समाचार

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् ।

भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे ।

उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।”

बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै उनले आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आफूहरुको जोड धेरैभन्दा धेरै विद्युत् स्वदेशमा खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको जोड दिएको स्पष्ट पारे । उनले विद्युत् क्षेत्रको विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने भन्दै विगतको तुलनामा विद्युत उत्पादन बढेको बताए ।

Related posts

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

Balika Shiwakoti

भूकम्प प्रभावित क्षेत्रमा  राहत र पुनःस्थापनालाई मोडेलका रुपमा अगाडि बढाउँछौंः प्रधानमन्त्री

samman khabar

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति पौडेल

samman khabar

Leave a Comment