सम्मान खबर
कृषि गृह पृष्ठ देश

समयमा भएन धान खेती , सिचाई नहुँदा आकासे पानिको भर

काठमाडौँ । समयमै वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । आकाशे पानीको भरमा धान रोप्दै आएका किसान कहिले पानी पर्ला भनेर आकाश हेरेर बसेका छन् । देशका अधिकांश क्षेत्रमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको छ ।

यो समय रोपाइँका लागि उत्तम समय रहेको भए पनि वर्षा नहुँदा समस्या भएको किसानले गुनासो छ ।
बर्षाको समयभएपनि देशका अधिका्रश ठाउँमा पानि परेको छैन । धान रोप्नका लागि यो समय उत्तम भएपनि पानि बर्षाको कारण धान रोपाई नभएको हो । समयमा खेती नगर्दा उत्पादन कम हुने कतिपय किसानको भनाई छ ।

गत जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । कतिपय जिल्लामा हालसम्म रोपाई सुरु नै भएको छैन । सिँचाइको सुविधा नभएको ठाउँमा त झनै समस्य परको छ । आकासे पानिको भरमा रोपाई गर्नुपर्दा रोप्न योग्य भएको विउ ब्याडमै सुक्ने तथा नास हुने र उत्पादन कम हुने गर्दछ ।

यस वर्ष समयमा रोपाइँ सुरु हुन नसक्दा बेर्ना सुक्दै गएका र ढिला रोप्दा रोगकिराको समस्या देखा पर्ने गर्दछ । धानबाली बर्खेबालीमध्ये मुख्यबालीको रुपमा रहेको छ । यो बैतडीका बेँसी क्षेत्रमा बढी उत्पादन हुने गरेको छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।

Related posts

भारतमा प्रचण्डको भेट मोदी सँग भएन

Balika Shiwakoti

भान्सामा यसरी प्रयोग गरुम आलु, जसले स्वस्थ्यलाई फाइदा गर्छ

Balika Shiwakoti

राजेन्द्र लिङ्देनले गरे सांसद पद त्यागेको घोषणा

Balika Shiwakoti

Leave a Comment