सम्मान खबर
Breaking गृह पृष्ठ धर्म र संस्कृति बागमती प्रदेश राेचक

सबैको रोजाइको गन्तव्य, कालिञ्चोक भगवती

काठमाडौँ । दोलखाको कालिन्चोक गाउँपालिकामा पर्ने कालिन्चोक भगवती मन्दिर सबैको प्रिय गन्तव्य बनेको छ । कालिन्चोक भगवती आसपासको मनोरम दृश्यले जो कोहीलाई पनि मोहित बनाएको हो । कालिन्चोक आफैमा प्राकृतीक तथा धार्मिक बर दान हुन् । त्यसैले पनि एक पटक त्यहाँ पुगेका जो कोही मानिस पटक पटक पुग्ने विश्वास लिएर फर्कन्छन् ।

विगत केही वर्ष अघि देखी कालिन्चोकमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति भएको पाइन्छ । बर्खाको सिजनमा पानी पर्ने र कुहिरो लाग्ने हुँदा मौसम खुलेको बेला मात्र त्यहाँको मनोरम दृश्य देख्न सकिन्छ तर हिउँदको समयमा भने सेता हिमाल सँगै प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको दृश्य अवलोकन गर्न पाइन्छ । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला हो त्यहाँ पुग्दा हिमालकै छेउमा उभिएको आभास गर्न सकिन्छ । त्यसैले पनि कलिञ्चोक घुम्न जानेको लर्को छ ।

मानिसहरू भगवतीको दर्शन सँगै त्यहाँको सौन्दर्यमा रमाउनका लागी नै कालिन्चोक पुग्ने गरेका छन् । समुद्र सतहबाट ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको यस ठाउँ सदरमुकाम चरिकोटबाट ६ घण्टा पैदल हिँड्दा पुगिन्छ । तर केही वर्ष देखी नै मोटर गाडी मन्दिर छेउमै पुगी सकेको छ । मन्दिरको डाँडामा पुग्न केबुलकारको व्यवस्थाको साथै बस्नका लागि राम्रा राम्रा होटेल तथा लजको समेत राम्रो व्यवस्था रहेको छ ।

कालिन्चोक पुग्दा स्वर्गको एक टुक्रामा पुगेको अनुभूति हुने त्यहाँ पुग्ने भक्तजन बताउँछन् । सबै जाति तथा भाषा भाषी रहेको यस ठाउँमा बेला बेला सँस्कृतीक महोत्सव तथा चौरी महोत्सव पनि हुने गर्दछ । राजधानी काठमाडौँबाट केही घण्टाको यत्रामा पुगिने भएकाले कालिन्चोक भगवतीलाई नजिकको तीर्थ पनि भन्ने गरिन्छ ।

कालिन्चोक भगवती, काब्रेको पलान्चोक भगवती, काठमाडौँमा शोभा भगवती तथा अन्य भगवती गरी सात दिदी बहिनी हुन भन्ने किंवदन्ती रहेको छ । धार्मिक मान्यता अनुसार कलिञ्चोक भगवतीको दर्शन गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । कालिन्चोक भगवतीमा विशेष गरी जनैपुर्णीमा, चैते दसैँ, दसैँ लगायत अन्य पर्वमा विशेष मेला लग्ने र पूजा हुने गर्दछ ।

Related posts

सप्तरीबाट प्रदेशसभामा राजकुमार लेखी निर्वाचित

samman khabar

बलात्कार असफल भएपछि १५ वर्षीया बालिकालाई जिउँदै आगो लगाइयो

Balika Shiwakoti

न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई आजदेखि खुलामञ्चमा पार्किङको व्यवस्था

samman khabar

Leave a Comment