सम्मान खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार सम्मान खबर विशेष

सन्दीप लामिछानेविरुद्ध आज मुद्दा दर्ताको तयारी

काठमाडौँ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदैछ । जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले बतायो । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।

एक नाबालिगाले काठमाडौंको गौशालाको एक होटलमा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी पर्दा सन्दीप क्यारेबियन लिग खेल्ने सिलसिलामा नेपाल बाहिर थिए ।

Related posts

अमेरिकी सिनेटर होलानसँग राजदूत श्रीधर खत्रीको भेट

samman khabar

अरुण तेस्रो प्रवेशमार्ग पीडितको आन्दोलन ७० दिनपछि फिर्ता

samman khabar

गभर्नरका पक्षमा ईश्वर पोखरेल, एम अधिकारीको विषयमा सोधखोज नगर्न अग्रह

Balika Shiwakoti

Leave a Comment