सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

सडक निर्माणका काममा शैलुङ गाउँपालिकाको सक्रियता

काठमाडौँ । दोलखाको शैलुङ गाउँपालिकाले अस्त व्यस्त रहेका सडक निर्माणको कार्यलाई पहिलो प्रथामिकता दिएको छ । मुडेदेखि गाउँपालिका कार्यालय केन्द्र, ढुंगे हुँदै शैलुङ पुग्ने सडक खण्ड निर्माणको योजना बनेको हो ।

गाँउपालिका कार्यालय पुग्ने सडक खण्ड लगायत अन्य सडक हिउँदको समयमा धुलाल्मे र वर्षायममा हिलाम्मे हुने गरेको छ । निर्माण कम्पनीको लापरवाहीका कारण सडक अलपत्र परेको छ । मुडेदेखी ढुंगेसम्म १६ किलोमिटर सडक काम नगरी निर्माण कम्पनीले अलपत्र पारेर छाडेका कारण तत्काल सडकको कामका लागि कार्यदल बनाएको गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठले बागमती पेजलाई बताए ।

१६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी भौतिक पूर्वाधार कार्यालय सिन्धुपाल्चोकले ३१ करोड ७५ लाख रुपैयाँमा महालक्ष्मी निर्माण, द कञ्चनजंगा र शुभकामना जेभीसंग दुई वर्षमा काम पुरा गर्ने गरी २०७६ साल असारमा सम्झौता गरिएको थियो । तर अहिलेसम्म सडकको अवस्था जस्ताको तस्तै रहेको र निर्माण कम्पनीलाई सम्पर्क गर्दा काम पुरा गर्छौ भन्दै टार्ने गरेको र फोन नै अफ हुने गरेको समेत अध्यक्ष श्रेष्ठको भनाई छ ।

पालिकाको मुख्य समस्या सडक निर्माण भएकाले यस कामका लागि पटक पटक बैठक बसेको श्रेष्ठले बताए । उनले भने, ‘गाउँपालिका देखी भैँसे डाँडा सम्म १० किलामिटरको टेण्डर लागिसकेको छ, त्यसको काम यहि दशैँ आसपासमा सुरु हुने छ । ढुंगे देखी कालापानी आसपासको सडकको लागि ८ कारोडको बजेट विनियोजन भइसकेको छ ।’

मुडे देउराली सडक खण्डमा सवारी चल्न थालेको २२ वर्ष पुगेको छ । तर पालिका भित्रका कतिपय सडक अस्त व्यस्त रहेका छन् । शैलुङ गाउँपालिका पर्यटकिय क्षेत्र भएका कारण आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि आवत जावतमा सहज बनाउनका निमित्त पनि सडकको काम छिट्टै सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

Related posts

अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त

Balika Shiwakoti

बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

Balika Shiwakoti

मन्त्री हेरफेरमा ढिलाइ भएकामा माधव नेपालको असन्तुष्टी

Balika Shiwakoti

Leave a Comment