सम्मान खबर
शेयर बजार

शेयर बजारमा उच्च अंकको बृद्धि,४ अर्ब ६७ करोड रुपैयाँको कारोबार

काठमाडौं । सोमबार शेयर बजार नेप्से दोहोरो अंकले बढेको छ । सोमबार नेप्से ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ । आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राको मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएको छ ।

आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

Related posts

नेप्सेमा दोहोरो अंकको गिरावट,एक अर्ब ४० करोड रुपैयाँको कारोबार

samman khabar

शेयर बजार २६ अंकले घट्यो,५ अर्ब २४ कराेड रुपैयाँकाे काराेबार

samman khabar

नेप्से परिसूचक साढे २९ अङ्कले बढ्यो,१ अर्ब ५१ करोड रुपैयाँको कारोबार

samman khabar

Leave a Comment