सम्मान खबर
समाचार

लोकतन्त्रको विकल्प लोकतन्त्र नै होः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प नभएको बताएका छन् । ४८औं मेलमिलाप दिवसका अवसरमा पार्टीद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्रबाहेक अरु व्यवस्था नभएको भन्दै यस विषयमा सबै पार्टीको बीचमा समान धारणा रहेको बताएका हुन् ।

उनले भने, ‘ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यस विषयमा हामी सबै एकता भएर जानुपर्छ । यस विषयमा हामी सबै पार्टीको बीचमा एउटा सहमति छ, एउटा धारणा छ, त्यो नै एकदमै महत्वपूर्ण छ । बीपीले दिएको सन्देश र बाटो पनि यही नै हो ।’ सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताए ।उनले भने, ‘नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक स्थानमा बस्ने हाम्रो देशमा जुन संस्कार बनेको छ, सायद धेरै कम देशमा यस्तो हुन्छ । प्रतिस्पर्धा भए पनि हाम्रो बीचमा बोलीचाली, मेलमिलाप र भाइचाराको जुन वातावरण छ, त्यो धेरै कम देशमा हुन्छ ।’ उनले वर्तमान अवस्थामा सबै एक हुन आवश्यक भएको भन्दै बीपीले देखाएको बाटो पनि यही नै रहेको बताए ।

Related posts

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

samman khabar

पुरानो मेडिकल कलेजले डायलासिस सेवामा रोक लगायो, सरकारले पैसा नदिएको गुनासो

samman khabar

कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन निर्देशन

Balika Shiwakoti

Leave a Comment