सम्मान खबर
समाचार

राष्ट्रियसभामा एमालेलाई शून्य नबनाउन प्रधानमन्त्रीलाई ओलीको आग्रह

काठमाडौं । राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सिट बाँडफाँटको टुंगो लगाउन बसेको बैठक निष्कर्षविहीन भएको हो ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए ।

उनले भने, ‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प्रतिनिधिहरु रहेको ९ सिट खाली छ । यसमा हामी कसरी जान्छौं भन्ने खालको सल्लाह भयो । सल्लाह टुंगिएको छैन । प्रधानमन्त्रीलाई एमाले अध्यक्षले हामीले जिरो नगर्नु भन्ने खालको प्रस्ताव आयो भनेर बुझौं, त्यसपछि हामीले यस बारेमा बुझेर मात्रै टुंगो गरौं भन्ने छ । एमालेबाट त्यो स्पष्ट रुपमा आएपछि कुराकानी गर्न सजिलो हुन्छ ।’

बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर आउने, भारतसँग भएका कतिपय सन्धिहरु छन् मध्य पञ्चेश्वर र महाकाली सन्धिका उल्लेख भएका कुरामा कसरी जाने र त्यसको तयारीबारे प्रधानमन्त्रीले ब्रिफिङ् गरेको पाण्डेले जानकारी दिए ।

Related posts

भृकुटीमण्डपको एक गोदाममा आगलागी

Balika Shiwakoti

यौन हिंसामा परेकाहरुलाई राज्य कोषबाट क्षतिपूर्ति दिलाउने

Balika Shiwakoti

मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला, दुईजना पक्राउ

Balika Shiwakoti

Leave a Comment