सम्मान खबर
समाचार

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान आठ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको छ । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संसदको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए

Related posts

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

samman khabar

तनहुँमा जबर्जस्ती करणी अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला

Balika Shiwakoti

प्रदिप भुसाल भनिने पूर्णचन्द्र युट्युवर प्रहरीको फन्दामा

Balika Shiwakoti

Leave a Comment