सम्मान खबर
पर्यटन समाचार

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

काठमाडौं । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले जनाएको छ ।

विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति रु सात हजार ५० भाडादर लागू हुने बताइएको छ ।

Related posts

यौन हिँसा गर्नेलाई सजाय पुगेन डा डिला संग्रौला

Balika Shiwakoti

२९ भदौदेखि नयाँ नोट साट्न पाउने

samman khabar

घरेलु हिँसाको आरोपमा वडा सदस्य

Balika Shiwakoti

Leave a Comment