सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ ।

उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको भनाइ छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे ।

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका(१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो ।

Related posts

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापानको पाँच दिने भ्रमणमा

Balika Shiwakoti

जंगली च्याउ खाँदा ओखलढुंगामा एकै परिवरका ३ जनाको मृत्यु

Balika Shiwakoti

भक्तपुर–२ मा दुर्लभ थापासँग ४३२ मतले पछि परे महेश बस्नेत

samman khabar

Leave a Comment