सम्मान खबर
गृह पृष्ठ समाचार

राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टियो

काठमाडौँ । राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टिएको छ । बिहीबार बिहान ९ बजे विद्यालयतर्फ जाँदै गरेको डुंगा राप्ती नदीमा पल्टिँदा उक्त डुंगामा सवार १९ जना विद्यार्थी घाइते भएका छन् ।

लमही नगरपालिका–९ तरुलियाबाट राजपुर गाउँपालिका–७ स्थित मावि सिक्टातर्फ राप्ती नदी तरेर जार्दै गर्दा विद्यार्थी चढेको डुंगा पल्टिएको हो । क्षमता भन्दा बढी विद्यार्थी बोक्दा डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नायव निरीक्षक सरोजकुमार कैलाले जानकारी दिए

उक्त डुंगा नदीको बीचमा जमिन सतहदेखि करिब १० मिटर टाढा पल्टिएको थियो । डुंगामा सवारमध्ये तीन जना विद्यार्थी डुबेर बेहोस भएका थिए । नदीको बीचमा डुंगा पल्टिएको देखेपछि स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए ।

उद्धारपछि विद्यार्थीलाई अस्थायी स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायव निरीक्षक कैलाले बताए । घाइते विद्यार्थीहरु मावि सिक्टामा कक्षा ६ देखि ९ कक्षामा अध्ययनरत विद्यार्थी रहेका छन् । ढुंगामा सवार विद्यार्थीहरुको कापी, कलम, झोला सबै राप्ती नदीले बगाएको छ ।

Related posts

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

samman khabar

चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट विभाग प्रमुख लिउ

Balika Shiwakoti

अपर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्दै

Balika Shiwakoti

Leave a Comment