सम्मान खबर
समाचार सम्मान खबर विशेष

युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना


काठमाडौँ जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना तोकेको छ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो।

साथै अदालतले यौन दुर्व्यवहार भएको होटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको छ।

चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरले यौन दुर्व्यवहार गरेका हुन्। उनीहरूले पीडित राहत कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ।

जिल्लाको गुर्भाकोट नगरपालिका ९ बोटेचौरको शुभकामना होटलमा २०७८ जेठ २१ गते राति राउटे युवतीमाथि यौन हिंसा भएको थियो।

राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। प्रहरीले जेठ २३ गते उनीहरूलाई प्रक्राउ गरेको थियो ।

Related posts

पुरानो मेडिकल कलेजले डायलासिस सेवामा रोक लगायो, सरकारले पैसा नदिएको गुनासो

samman khabar

सन्दीपमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

samman khabar

जहाजका पार्टपुर्जा आयातमा ६ अर्ब बाहिरियो

Balika Shiwakoti

Leave a Comment