सम्मान खबर
Uncategorized

म ‘लास्ट बेञ्चरवाला’ हुँ तर आत्तिएको छैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महामन्त्रीको भूमिकामा खरो रूपमा उत्रिएर सभापतिलाई बल पुर्‍याउने बताएका छन् । पार्टी संरचनामा सभापति शेरबहादुर देउवाको वर्चश्व भए पनि महामन्त्रीका रूपमा काम गर्न चुनौती नहुने थापाको भनाइ छ ।

महामन्त्री विश्वप्रकाश शर्मा र आफूबीच पार्टीलाई विधानसम्मत सञ्चालन, आगामी स्थानीय निर्वाचन र सरकार सञ्चारका सन्दर्भमा छलफल भइरहेको थापाले बताए । १४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकपछि रातोपाटीसँग कुराकानीमा थापाले सभापति देउवा र सभापतिका प्रत्याशी शेखर कोइरालाको अभिव्यक्तिले आफू उत्साहित भएको बताए ।

महामन्त्री भएपछि कुनै पनि विषयमा राय आउन ढिला भए पनि अडान भने नबदलिने थापाले बताए । उनले रातोपाटीसँग भने, ‘अब मेरो राय कतिपय कुरामा हिजोको भन्दा ढिलो आउन सक्छ । तर, राय बदलिन्छ भन्ने होइन । म बदलिन्छु भन्ने होइन । आफू उभिएको ठाउँमा पार्टीलाई उभ्याउने कोसिस गर्छु ।’

महाधिवेशनपछिको काँग्रेस, महामन्त्री हुँदाको अनुभूति, वरीयता विवाद र देउवाको दोस्रो इनिङको सङ्केतलगायतका विषयमा महामन्त्री थापासँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ –

१४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा तपाईंमा खुसी देखिएको थिएन । महामन्त्री भएपछि पदाधिकारीको हैसियतले अग्रपङ्क्तिमा बस्दा केही असहज फिल गर्नुभएको हो ? सिनियर नेतालाई तल देख्दाको अनुभूति के रह्यो ?

म १२ औँ महाधिवेशनबाट नेपाली काँग्रेसको केन्द्रीय समितिमा केन्द्रीय सदस्यका रूपमा प्रवेश गरेँ । त्यो बेलामा पनि पार्टीको वरीयता क्रममा कनिस्ट सदस्य थिएँ । मेरो बसाइ पनि छेउको कुर्सीमा हुन्थ्यो । त्योबेला मैले पार्टी सभापति र पदाधिकारीलाई आफ्नो विषय सुनाउन प्रयास गर्थेँ । तर,कहिल्यै पनि पार्टीका पदाधिकारी वा निर्णयकर्ताहरुले महत्त्व दिएको महसुस नै गर्न पाइनँ । त्यसले मेरो मनमा पदाधिकारी बसेकै ठाउँमा जाने हो भन्ने लाग्यो र मैले एउटा अठोट गरेँ । त्यहीअनुसार १३ औँ महाधिवेशनमा महामन्त्रीको प्रत्याशी भएँ ।

त्यसपछिको पाँच वर्ष फेरि मेरो अनुभव केन्द्रीय सदस्यकै रूपमा रह्यो । अनि १४ औँ महाधिवेशनमा महामन्त्री बनेपछि पदाधिकारीको पङ्क्तिमा बसेर अस्ति (पुस १० गते) केन्द्रीय समितिको पहिलो बैठकमा सहभागी हुने मौका पाएँ । मलाई एउटा खालको गौरवको अनुभूति पनि भइरहेको थियो ।
म त पार्टीको केन्द्रीय सदस्य भएर मात्र बसेको मान्छे । संसद् र पार्टीको वरीयता क्रममा पनि पछाडि थिएँ । सँगसँगै मेरो बानी पनि पछाडि बस्ने बनिसकेको थियो । म लास्ट बेञ्चरवाला हो । पछाडि बस्ने र आफ्ना कुरा स्पष्ट राख्ने गर्थेँ । म आफूले आफैँलाई लो प्रोफाइलमा राखेको थिएँ ।

नेपाली काँग्रेसजस्तो पार्टीको बैठकमा यत्रो नेताहरूको बीचमा पार्टीको महामन्त्रीको रूपमा प्रस्ताव पेस गर्न पाउने कुरा मेरा लागि एकदमै गौरवको अनुभूतिको कुरा थियो । म एकदम सन्तोष पनि मानिराखेको थिएँ । तर,कता–कता मनमा एकखालको डर,अलिअलि अप्ठ्यारो थियो । अगाडि हेर्दै गर्दा नेता नै नेता हुँदा अलिअलि असहजजस्तो लागिरहेको थियो । म अलिअलि आत्तिएको पनि थिएँ ।

महामन्त्रीमा निर्वाचित भएपछि तपाईंमा देखिएको चमक केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा प्रकट नहुनुमा केही असन्तुष्टि पनि थियो कि ?

त्यस्तो केही थिएन । त्यो बेला मैले तल हेरेँ । यो केन्द्रीय समितिमा आइपुग्नैपर्ने थुप्रै साथीहरू बाहिर छुट्नुभएको छ । योपटक केन्द्रीय समितिमा आउन चाहनुहुन्थ्यो । आइपुग्न पनि पर्थ्यो,आइपुग्न पनि सक्नुहुन्थ्यो । उहाँहरूको रिक्तताले मलाई एक किसिमको खल्लो लागेको थियो । तर,तपाईंले भने जस्तो अलिअलि असहज लागेकै हो ।

म त पार्टीको केन्द्रीय सदस्य भएर मात्र बसेको मान्छे । संसद् र पार्टीको वरीयता क्रममा पनि पछाडि थिएँ । सँगसँगै मेरो बानी पनि पछाडि बस्ने बनिसकेको थियो । म लास्ट बेञ्चरवाला हो । पछाडि बस्ने र आफ्ना कुरा स्पष्ट राख्ने गर्थेँ । म आफूले आफैँलाई लो प्रोफाइलमा राखेको थिएँ ।

यही असहजताका बीच शीर्ष नेतालाई पनि समेटेर जाने दायित्व छ । कोही सभापतिका प्रत्याशी हुनुहुन्छ । कोही महाधिवेशनको मैदानमा नआएर बाहिरै छुट्नु भएको छ । अब उहाँहरूलाई कसरी समेटेर लिने कुरामा पार्टीभित्र के तयारी भइरहेको छ ?

यसमा मुख्य निर्णय लिने काम पार्टी सभापति हो । हामीले यसमा पार्टी सभापतिलाई मदत गर्ने हो । मैले यसमा तीनवटा कुरा ख्याल गर्नुपर्छ भनेको छु । एउटा पार्टीको विधानलाई अक्षरशः पालना गर्ने सन्दर्भमा यस पटक हामी चुक्नुहुन्न । हामी महामन्त्रीका रूपमा सभापतिलाई पूर्णरुपमा मदत गर्छौँ । हामीले गर्न चाहेको कुरा पनि पार्टी सभापतिले मान्नुपर्छ ।

विधानको अक्षरशः पालना गर्दा कतिपय ठाउँमा पार्टी शीर्ष नेता छुट्नुहुन्छ । विधानको परिपालना गर्दा विगतमा गर्दै आएको अभ्यास भन्दा फरक पनि हुन्छ । नेताहरूसँग बस्ने कुराकानी गर्ने अभ्यास छ । तर,यसमा कम्प्रोमाइज गर्नुहुन्न ।

दोस्रो,पार्टीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका थुप्रै नेताहरू पार्टीको एउटा शक्ति हो । सभापतिले उहाँलाई ढिलोचाँडो केन्द्रीय समितिभित्र ल्याइ नै हाल्नुहुन्छ । उहाँको अधिकारको कुरा हो । उहाँले मनोनीत गरेर ल्याउने कुरा गर्नु पनि भएको छ । मनोनीत गरेर ल्याइसकेपछि पार्टी सभापतिले उहाँसँग परामर्श गर्ने,तर विधानअनुसार काम गर्ने गर्नुपर्छ । परामर्श गर्ने नाममा विधानले राखेको शक्ति त्यहाँ लिएर जाँदा समस्या ल्याउँछ ।

तेस्रो कुरा,पार्टी सभापतिले पदभार ग्रहण गर्दै गर्दा ‘म मलाई मत नहाल्ने मान्छेको पनि सभापति भएको कुरा फिल गराउँछु । कसैले पनि न्यायका लागि अन्ततिर जानुपर्दैन’भन्नुभएको छ । पार्टी सभापतिको निर्णयमा पनि त्यो देखिनुपर्छ । त्यसमा हामीले पनि मद्दत गर्नुपर्छ ।

Related posts

महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपाललाई

samman khabar

पाल्पामा छोराले गरे बुवाको हत्या

Balika Shiwakoti

नेपाल एयरलाइन्सका ५ जहाज लिलामीमा

samman khabar

Leave a Comment