सम्मान खबर
समाचार

मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु

काठमाडौँ । सिन्धुलीमा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल र जिप ठोक्किँदा दोलखाको विगु गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय महेश भुजेलको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार मोरङको बेलका नगरपालिका कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५१७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी आपसमा ठोक्किएर दुर्घटना भएको थियो । ठक्कर दिने जिपसहित चालकलाई प्रहरी डुम्रे ढुङग्रेबासले नियन्त्रणमा लिएको छ ।

Related posts

डिभिजन वन कार्यालयका तत्कालिन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Balika Shiwakoti

नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता

Balika Shiwakoti

दोलखाको लामाबगर क्षेत्रबाट चार किलो सुन बरामद

samman khabar

Leave a Comment