सम्मान खबर
गृह पृष्ठ देश समाचार स्वास्थ्य

मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु

काठमाडाैँ- महाेत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नगरपालिका-४ मगरटोल बस्ने ५० वर्षीय गणेशबहादुर थापामगरको गौशाला बजारबाट साइकलमा घर जाने क्रममा सोही दिशाबाट बर्दिबासतिर जाँदै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। फरार मोटरसाइकल चालकको खोजतलास भइरहेको जनाइएको छ।

Related posts

नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइँदै, नागपोखरी र टौदहमा नागको पूजा गर्नेहरूको घुइँचो

samman khabar

दुबै सदनको अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

samman khabar

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको शैक्षिक योग्यताबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

samman khabar

Leave a Comment