सम्मान खबर
समाचार स्वास्थ्य

मेलम्चीमा शल्यक्रियासहित सुरक्षित प्रसुति सेवा सुरु

काठमाडौँ । गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पुर्‍याउनुपर्ने बाध्यता अन्त्य भएको छ।

आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो। आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौँसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी छन्।

यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसँगै सेवा विस्तार गरिएको हो।

शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जानुपर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए।

पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाको प्रमुख केन्द्रको रूपमा रहेको मेलम्ची नगरपालिकामा अस्पताल सञ्चालन तथा शल्यक्रियाका आवश्यक सामग्री र विशेषज्ञसहित स्वास्थ्यकर्मीको सेवा उपलब्ध भएपछि मेलम्चीका मात्र नभएर अन्य पालिकाका दुर्गम ठाउँका नागरिकलाई पनी स्वास्थ्य सेवा लिन सहज भएको छ।

Related posts

केपी ओलीको कारण एमाले त्यागेँ :  घनश्याम भुसाल

samman khabar

सहुलियत पसलमा तेल र दालको मूल्य घटायो

samman khabar

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

samman khabar

Leave a Comment