सम्मान खबर
समाचार

बाल यौन दुव्र्यवहार मुद्दामा प्रधानाध्यापकलाई नौ महिना कैद सजाय

ओखलढुङ्गा । ओखलढुङ्गामा बाल यौन दुव्र्यवहार मुद्दामा एक प्रधानाध्यापकलाई नौ महिना कैद सजायको भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ को गणेश माध्यमिक विद्यालयका प्रधानाध्यपक योगेन्द्रप्रसाद धमलालाई जिल्ला अदालतले नौ महिना कैद सजाय तोकेको हो ।

दुई छात्रालाई यौन दुव्र्यवहार गरेको कसुरमा धमलाविरुद्ध दायर मुद्दामा जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको इजलासले आफूले पढाएका बालिकालाई यौन दुव्र्यवहार गर्ने धमलालाई नौ महिना कैद सजायसहित ५० हजार क्षतिपूर्ति र  २० हजार जरिवाना असुलउपर गर्नुपर्ने स्रेस्तेदार विनोदकुमार घिमिरेले जानकारी दिए ।गत चैत ३ गते बालिकाका आफन्तले प्रधानाध्यापकविरुद्ध प्रहरीमा बाल यौन दुव्र्यवहारको आरोपमा जाहेरी गरेपछि प्रहरीले पक्राउ गरी जिल्ला अदालतको आदेशबमोजिम साधारण तारेखमा छोडिएको थियो ।साधारण तारेखमा छुटेपछि विद्यालयको नियमित काममा फर्किएका धमलाविरुद्ध गत साउन २९ गते सो सजाय सुनाएको थियो ।

Related posts

क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या, १५ जना घाइते

Balika Shiwakoti

आगामी निर्वाचनमा सीट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन

Balika Shiwakoti

ललितपुरको धोबीघाटमा भीषण आगलागी

samman khabar

Leave a Comment