सम्मान खबर
गृह पृष्ठ समाचार

बालेनको एक्सनमा तिब्रता, खाली भयो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया खाली गराएको छ ।

महानगरले पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो । महानगरका प्रहरीका एसपी राजु पाण्डेको नेतृत्वमा अण्डरग्राउण्ड प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।

विभागले राहदानी बनाउन आउनेहरुको लागि बस्न कुर्सी राखिएको थियो ।

दुई–तीन पटक पार्किङ एरिया खाली गराउनका लागि चिठी पठाए पनि विभागले अटेर गरिरहेको छ । उक्त स्पेस अरु नै काममा प्रयोग भएपछि सेवाग्राहीले पार्किङका लागि असुविधा भोग्दै आएका छन् । त्यसैले महानगरले बल प्रयोग गरेर सो स्थान खाली गराएको स्रोतले बताए ।

Related posts

नागरिक आवाजको चौधौं वार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम सम्पन्न

samman khabar

गोरखामा युवकको शव फेला

Balika Shiwakoti

मेरो भ्वाइसको विजेता प्रितम राई र डान्स युनिभर्सका विजेता खुशी कार्की

samman khabar

Leave a Comment