सम्मान खबर
समाचार

बागमती नदीमा र्‍याफ्टिङ : सुन्दरीजलदेखि चोभारसम्म गरिने

काठमाडौँ । वाग्मती नदीलाई स्वच्छ राख्न र वाग्मती सभ्यताको जगेर्ना गर्ने उद्देश्यले सुन्दरीजलदेखि चोभारसम्म र्‍याफ्टिङ आयोजना गरिने भएको छ ।

जिल्ला समन्वय समिति काठमाडौँले यही भदौ १६ गते शनिबार र्‍याफ्टिङ आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रमले वाग्मती नदीलाई स्वच्छ, सफा र सुन्दर बनाउने, नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले बताए ।काठमाडौँ जिल्लाका नदी किनारा आसपासका क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सम्भावनाको खोजी गर्ने, वाग्मती सभ्यतालाई उजागर गर्ने उद्देश्यले काठमाडौँ महानगर र १० वटै नगरपालिकाको सहयोगमा जिल्ला समन्वय समिति काठमाडौँले र्याफ्टिङ कार्यक्रम आयोजना गर्न लागेको हो ।गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलबाट सुरु हुने र्याफ्टिङ कार्यक्रमलाई नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घ र बागमती प्रदेश र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घले प्राविधिक सहयोग गरेका छन् ।पत्रकार सम्मेलनमा नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नरा)का अध्यक्ष शिव अधिकारीले वाग्मतीको सभ्यता र संस्कृतिको संरक्षण प्रवर्द्धनका साथै जल पर्यटन प्रवर्द्धनमा र्याफ्टिङले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Related posts

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छः प्रधानमन्त्री दाहाल

samman khabar

तीन हजार एक सय ६१ मिटरब्याज पीडितले पाए ११९ विघा जग्गा फिर्ता

samman khabar

पशुपति क्षेत्रमा ब्याडमिन्टन खेल्नदेखि योग गर्न रोक लगाइने

Balika Shiwakoti

Leave a Comment