सम्मान खबर
मनाेरञ्जन समाचार सम्मान खबर विशेष

‘बल्छी ध्रुवे’ को लोकदोहारी गीत ‘आँखै लाउनी हो’ सार्वजनिक

काठमाडौँ । हास्य कलाकार ‘बल्छी ध्रुवे’ अर्थात मरिचमान श्रेष्ठले लोकदोहोरी गीत ‘आँखै लाउनी हो’ बजारमा ल्यायका छन् । कमेडी सिरियल, , ‘जुठे’ लगायतमा अभिनय गरेका ‘बल्छी ध्रुवे​’ ले लोकदोहोरी गीत ल्याएका हुन् ।

श्रेष्ठकै संगीतमा रहेको गीत रमेश बिजीले लेखेका हुन् । गायनमा भने श्रेष्ठलाई सपना घिमिरेले साथ दिएकी छन् । रोमान्टिक शैलीमा तयार पारिएको गीतमा मन परेको केटी पाउन एउटा केटा पछि लागेको प्रसंग समेटिएको छ ।

गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा श्रेष्ठकसँगै सरिता ढुङ्गाना, राजु पौडेल, उज्ज्वल खड्का, राजु कार्की लगायतको अभिनय छ ।

राजु थापाको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका हुन् । सार्वजनिक

Related posts

बालेनको एक्सनमा तिब्रता, खाली भयो राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ

Balika Shiwakoti

जनयुद्धका नेता उम्मेदवार बनेर गाउँ पुग्दा सहिदकी आमाको थामिएन आँशु

Balika Shiwakoti

नयाँ दल निर्माण गर्ने घोषणा गर्दे रवि लामिछाने

Balika Shiwakoti

Leave a Comment