सम्मान खबर
समाचार

बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । रुपन्देहीको सैनामैना सालझण्डीमा घाँस काट्न जंगलमा गएकी महिलालाई बलात्कार गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सैनामैना नगरपालिकाको तुलबुलिया खोला पूर्वको नेवारडाँडो जंगलमा घाँस काटेर फर्कने क्रममा बारुलाले चिलेपछि चिच्याएकी १९ वर्षिया महिलाई सहयोग गर्ने बहानामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ४८ वर्षिय निलमणि दमाई पक्राउ परेका ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

जंगलमा दाउरा काट्न गएका दमाईले सहयोग गर्ने बहनामा एकान्त स्थानमासंवेदनशील अंग छुँदै जबरजस्ती करणी गर्न खोजेको भन्दै ती महिला भागेर घर आएकी थिइन् ।

बिवाहित महिलाले घरमा आएर घटनाबारे जानकारी गराएपछि परिवारले सालझण्डी प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरको हो ।

Related posts

बकर इद धुमधामले मनाइँदै

Balika Shiwakoti

चालकले आफ्नै टिपरमा आगो लगाए, आखिर के थियो कारण !

Balika Shiwakoti

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने

Balika Shiwakoti

Leave a Comment