सम्मान खबर
समाचार

बलात्कारको आरोपमा करातेका दुई जना प्रशिक्षक पक्राउ

काठमाडौँ। किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले करातेका दुई जना प्रशिक्षकलाई पक्राउ गरेको छ ।

१९ वर्षीया किशोरी बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुबै जना कराते प्रशिक्षक हुन् । राउत राष्ट्रिय खेलकुद परिषदको मोरङ जिल्लाका र सुवेदी संखुवासभाका कराते प्रशिक्षक हुन् ।

किशोरीले होटलमा लगेर सामूहिक बलात्कार गरेको जाहेरी दिएपछि आइतबार पक्राउ गरेर हिरासतमा राखेको डीएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार दुई महिना अघिदेखि किशोरी कलेज जान छाडेकी थिइन् । अभिभावकले सोधीखोजी गरेपछि उनले आफू सामूहिक बलात्कारमा परेको र कलेजमा जानसक्ने अवस्थामा नभएको बताएपछि अभिभावकको सहयोगमा जाहेरी दिइएको हो ।

Related posts

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षरोपण गर्ने

Balika Shiwakoti

कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

Balika Shiwakoti

तामाङ मिडिया अवार्डबाट सन्तवीर र मायालु सम्मानित,ह्याङ्ला काई विमोचन

samman khabar

Leave a Comment