सम्मान खबर
अन्तरास्ट्रिय समाचार

फ्रान्सेली राजदूतलाई ४८ घन्टाभित्र देश छोड्न विद्रोही नेता चियानीको निर्देशन

नाइजरमा सैन्य कु गरेर सत्तामा आएका विद्रोही नेता जनरल चियानीले फ्रान्सेली राजदूतलाई ४८ घन्टाभित्र देश छोड्न निर्देशन दिएका छन् ।

सैन्य विद्रोहपछि दुई देश बीचको सम्बन्ध बिग्रिएपछि विद्रोही चियानीले राजदूतलाई आफ्नै देशमा फिर्ता हुन निर्देशन दिएका हुन् ।

नाइजरको पूर्व औपनिवेशिक शक्ति राष्ट्र फ्रान्सले आफ्ना राजदूतलाई देश छोड्न निर्देशन दिने अधिकार कु गर्ने नेतामा नभएको बताएको छ ।साथै पेरिसले गत जुलाईमा भएको सैन्य कुको विरोध जनाउँदै नाइजरका अपदस्त राष्ट्रपति मोहम्मद बाजुमलाई पदस्थापन गर्नुपर्ने बताएको छ ।

फ्रेन्च राजदूतको निस्कासनको निर्णय जुन्ता सरकारका विदेशमन्त्रीले गरेका हुन् । जुन्ताले शुक्रबार गरेको ४८ घन्टे निर्देशन विरुद्ध फ्रान्सले कडा प्रतिक्रिया दिइसकेको छ । साथै फ्रान्स विरुद्ध भएको शत्रुतापूर्व व्यवहार प्रदर्शनको श्रृखला नै शुरु भएको भन्दै विरोध जनाएको छ ।

Related posts

महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजना

samman khabar

चीनको वुहानमा फेरि लकडाउन

Balika Shiwakoti

नाइजरसँगको सैन्य सहयोग अन्त्य भएको फ्रान्सको घोषणा

samman khabar

Leave a Comment