सम्मान खबर
समाचार

प्रतिष्ठित व्यक्तिमासमेत शिघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षितः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् ।

कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताए । उनले भने, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन् ।”शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उनको भनाइ छ । प्रधानमन्त्रीले भने, “भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ । यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ । यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्छौँ ।”पछिल्लोसमय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन भनेर नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको जनाउँदै प्रधानमन्त्रीले त्यस्तो भाष्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।रोजगारीका अवसर प्राप्त गरेका नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्रीको भनाइ छ । उनले भने, ‘‘उत्पादकत्वमा कमी, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ । तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।”

Related posts

माओवादी केन्द्रका अध्यक्ष दाहाल जापानको पाँच दिने भ्रमणमा

Balika Shiwakoti

किसानको गुनासोः सरकार फेरियो, मन्त्री फेरिए, तर मलको कथा जहिले उस्तै

Balika Shiwakoti

कुकुर बिरालोलाई सार्वजनिक स्थलमा दिसा पिसाब गराए ५ हजार जरिवाना

samman khabar

Leave a Comment