सम्मान खबर
Breaking समाचार सम्मान खबर विशेष

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षरोपण गर्ने

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ श्रमदानका कारण देशभर चर्चित छन् । श्रमदानमार्फत स्थानीय तहको विकास निर्माणमा जुटेका उनको अभियानमा साथ दिनेको संख्या दैनिक बढ्दो छ ।

दुई साता अघि काठमाडौं आएका बेला उनले दलका शीर्ष नेताहरूदेखि मन्त्रीहरुलाई पनि श्रमदानको लागि निम्तो दिएका थिए । खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि उनले श्रमदानको लागि निम्तो दिएका थिए ।

हर्कको निम्तो स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा सहभागी हुने भएका छन् । दिउँसो १ बजेका लागि सो कार्यक्रम तय भएको बताइएको छ ।

Related posts

हिरासतमा रहेकी महिलामाथी बलत्कार प्रहरी सहायक निरीक्षक पक्राउ

Balika Shiwakoti

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकको शैक्षिक योग्यताबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

samman khabar

श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका गरिने

Balika Shiwakoti

Leave a Comment