सम्मान खबर
समाचार स्थानीय समाचार

पैदल हिडिरहेका चिकित्सक प्रहरी बाट कुटपिट


ललितपुरमा ट्राफिक प्रहरी जवानले चिकित्सकलाई कुटेका छन् । असार १३ मा राति आरोग्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा कुलबहादुर घिसिङ कुटिएका हुन् ।

सर्लाही बरहथवा नगरपालिका वडा नम्बर–१ घर भएका चिकित्सकलाई ललितपुर महानगरपालिका–१३ कुसुन्तीमा ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेका हुन् । पैदल हिँडिरहेका चिकित्सक आक्रमण गर्ने प्रहरीलाई कारबाही गर्नुपर्ने माग सहित पीडितका दाइले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएका छन् ।

राति पौने ९ बजेतिर चेकिङमा रहेका जवानले ‘किन ढेसिएर हिँडेको रु’ भनेर डाक्टरलाई आक्रमण गरेका हुन् । पीडित परिवारले घाउ परीक्षण गर्न पनि प्रहरीमा निवेदन दिएका छन् । चिकित्सकको अल्का अस्पतालमा उपचार भइरहेको छ ।

Related posts

पनौती कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ सञ्चालनमा अनुमति

Balika Shiwakoti

उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, पानीको सतह कम भएपनि खतरा टरेन

Balika Shiwakoti

संसद् खुलाउने सहमति, तीन सदस्यीय समिति गठन

samman khabar

Leave a Comment