सम्मान खबर
Uncategorized

पाल्पामा छोराले गरे बुवाको हत्या

काठमाडौँ । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका ४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन् ।

पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

Related posts

मेरो भ्वाइसको विजेता प्रितम राई र डान्स युनिभर्सका विजेता खुशी कार्की

samman khabar

तीनकुनेमा बाबुराम भट्टराईको पार्टी कार्यालय स्थापना

Balika Shiwakoti

दाङ २ बाट शंकर पोखरेल एकल सिफारिस

Balika Shiwakoti

Leave a Comment