सम्मान खबर
काेभिड १९ अपडेट समाचार स्वास्थ्य

पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा तीन साता यता लगातार सङ्क्रमितको ग्राफ तीव्र गतिमा उकालो लागेको छ । यसरी सङ्क्रमण बढ्नुको कारण ओमिक्रोनको नयाँ भेरियन्ट बीए ५ नै रहेको विज्ञहरू बताउँछन् ।

कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक उकालो लागिरहेका कारण चौथो लहर सुरु भएको टिप्पणी पनि भइरहेको छ ।

नेपालमा कोभिड–१९ का अघिल्ला लहरहरू र विश्वमा फैलिएको नयाँ भेरियन्ट बीए ५ सङ्क्रमणको अवस्थालाई हेर्दा निकट भविष्यमा सङ्क्रमणको ग्राफ नेपालमा कुन तहसम्म पुग्न सक्छ भन्नेबारे पनि चासो बढेको छ ।

कोरोना संक्रमणबाट जोगिन उच्च सर्तकता अपनाउन विज्ञहरुको सुझाव छ ।

Related posts

सेयर बजारको वृद्धिमा ब्रेक, कारोबार घट्दो

Balika Shiwakoti

क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

samman khabar

चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण र विस्तार गरिसक्ने एकीकृत समाजवादीको निर्णय

samman khabar

Leave a Comment