सम्मान खबर
अर्थवाणिज्य समाचार

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार बजार परिसूचक नेप्से १०.२७ अंक ९०.४९ प्रतिशत ले बढेर २१२३.८२ अंकमा बन्द भएको छ ।

जीवन बीमाबाहेक सबै उपसूचकमा वृद्धि हुँदा आइतबार होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । बजार परिसूचक बढे पनि अघिल्ला कारोबार दिनको भन्दा कारोबार रकम भने घटेको छ ।

आइतबार बजारमा ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजारको कारोबार भएको छ । गत बुधबार ४ अर्ब र बिहीबार ३ अर्ब ७७ करोड रुपैयाँ को कारोबार भएको थियो ।

शुक्रबार दुई घण्टाको कारोबारमा २ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो ।

Related posts

बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत भेटिए

samman khabar

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने सरकारको निर्णय

samman khabar

असमान तलब वृद्धिको विरोधमा कर्मचारी आन्दोलित, मंगलबार देशभरका नासु बिदामा बस्ने

Balika Shiwakoti

Leave a Comment