सम्मान खबर
समाचार

नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा बोहरा निर्विरोध

रामेछाप । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा ज्ञानु श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । शनिबार मन्थलीमा सम्पन्न चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।

यसैगरी, महिला उपाध्यक्षमा निसा तामाङ्ग र सचिवमा सागर बोहोरा निर्वाचित भएको जनाईएको छ । अन्य पदाधिकारी र सदस्य आपसि सहमतिमा पछि टुँग्याइने समितिले जनाएको छ । जिल्लामा रहेर लामो समय देखि सकृय रुपमा पत्रकारीता गर्दे आएकी श्रेष्ठ हाल नेपाल पत्रकार महाँसंघ बागमति प्रदेशकी सदस्य पनि हुन् ।

नव निर्वाचित टोलीलाई नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष नहकुल अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा नव निर्वाचित अध्यक्ष ज्ञानु श्रेष्ठले आफुलाई सर्वसम्मत अध्यक्ष चयन गर्नका लागि सहयोग गर्नुहुने मतदाता साथिहरुलाई धन्यवाद दिंदै निर्वतमान नेर्तुत्व प्रति पनि आभार प्रकट गरेकी थिईन्।

Related posts

भक्तपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी

Balika Shiwakoti

सुधार गृहबाट एकसय ५० भन्दाबढी बालबालिका फरार

samman khabar

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण सुरु

samman khabar

Leave a Comment