सम्मान खबर
खेलकुद

नेपाल उपविजेता बन्दै महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । मलेसियामा बुधबार नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बनेको हो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो ।

तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् ।

समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

Related posts

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै

samman khabar

 महिला टी–२० शृङ्खलामा नेपालद्वारा कुवेत पराजित

samman khabar

एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा,नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा

samman khabar

Leave a Comment