सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

नेपाली लोकसंस्कृति प्रदर्शन गर्न १६ नेपाली कलाकार स्वीजरल्याण्डमा

काठमाडौँ । स्वीजरल्याण्डमा आयोजना भइरहको ‘अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव मग्टिग्नी’ मा नेपालको पनि लोकसंस्कृतिको प्रस्तुति हुने भएको छ । गत १ अगष्टबाट सुरु भएको ६ अगष्टसम्म चल्ने महोत्सवमा नेपाल सहित स्वीजरल्याण्ड, सर्विया, चेक रिपब्लिका, चिली, मोल्दोबा, जिम्बाबे, इलटी लगायतका देशका सयौँ कलाकारले आफ्नो देशको लोकसंस्कृतिको प्रदर्शन गर्नेछन् ।

नेपालबाट एभरेष्ट कल्चर ग्रुपको संयोजकत्वमा १६ जना कलाकार टोली सहभागी छन् । जसको टोली नेता रामचन्द्र कोइराला र शीतल आचार्य हुन् ।

नेपालबाट प्रस्तुत हुने सम्पूर्ण कल्चरल नृत्यको संयोजन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले गरेका छन् । कोरोना पछिको सांस्कृतिक यात्रा नेपालको यो नै पहिलो भएको निर्देशक केसीले जानकारी दिए ।

केसीका अनुसार नेपालबाट महोत्सवमा मारुनी नृत्य, झिझिया नृत्य, धिमाल नृत्य, झ्याउरे नृत्य, तामाङ सेलो, गर्रा नृत्य, हेड्केली नृत्य लगायत हिमालदेखि तराइसम्मका सातै प्रदेशको प्रतिनिधित्व हुने गरेर नेपालको प्रस्तुति राखिएको छ ।

सांस्कृतिक टोलीमा ५ जना म्युजिसियन, ११ जना नृत्य कलाकारहरू गरेर १६ जना कलाकार सहभागी छन् । यो कार्यक्रमपछि नेपाली टोलीले अगष्ट ९ देखि १५ अगष्टसम्म फ्रन्सको विभिन्न प्रान्तमा नेपाली कल्चरल समेत प्रस्तुत गर्नेछ ।

Related posts

श्रीमतीको हत्य गरी भाग्न खोज्दा श्रीमानकै मृत्यु

Balika Shiwakoti

संसद् खुलाउने सहमति, तीन सदस्यीय समिति गठन

samman khabar

चार दिने नेपाल भ्रमणमा चिनियाँ कम्युनिस्ट विभाग प्रमुख लिउ

Balika Shiwakoti

Leave a Comment