सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार

नेपाली कांग्रेसका प्रदेशसभा उम्मेदवार थापाको निधन

काठमाडौँ । प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । मोरङ क्षेत्र ३ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका थापाको उपचारका क्रममा निधन भएको हो ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।

थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्समा तीन साताको उपचारपछि निको भएपछी उनलाई विराटनगर लगिएको थियो । स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो ।

चुनावका लागि कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।

Related posts

राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति सरकार प्रतिबद्ध छः रक्षामन्त्री खड्का

samman khabar

जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र छ: प्रचण्ड

Balika Shiwakoti

गगनले दिए देउवालाई बधाई, केही समयपछि फेरि चुनाव हुने र परिणाम उल्टाउने आशा

samman khabar

Leave a Comment